सेनामा सानालाई ऐन,रानी साहेब र जर्साबलाई चैन

सामान्यतयाः सुरक्षा निकायमा ऐन कानुन साना र निर्धाको निम्ति मात्र हुने गरेको गुनासो सुन्न पाइन्छ । ठूला र उच्च ओहोदामा रहेकालाई कुनै पनि नियम र कानुनले नछुने एउटा मान्यता नै छ । त्यसमा पनि अझ धेरै भेदभाव त सैन्य संगठनभित्र हुने गरेको भुक्तभोगीहरु बताउँछन् ।
Advertisement 1
प्रचलित नियम र कानुनभन्दा बाहिर राखिएकाले सेनाका ठूलाबडाले गलत कार्यलाई पनि आफ्नै तरिकाले व्याख्या गर्ने गरेको पाइन्छ । त्यसको ज्वलन्त उदाहरण अहिले २४ नम्बर बाहिनी जुम्लाका हाकिम रामचन्द्र केसी र उनकी श्रीमती बनेकी छन् ।
अन्य दर्जाका कर्मचारी र सैनिकलाई सामाजिक सञ्जाल फेसबुक, टिकटकलगायतमा ब्यारेक हाताको फोटो र भिडिओ नहाल्न सैनिक मुख्यालयले परिपत्र नै गरेको छ । सुरक्षाको दृष्टिकोणबाट त्यस्तो सर्कुलर गरिएको बताउने अधिकारीहरु आफ्नै हाकिम र हाकिमका श्रीमतीले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटो र भिडियोमा रम्ने गरेको मज्जैसङ्ग देखिन्छ ।
Advertisement 2
हालै एउटा टिकटकमा एक जना रानीसाहेबले श्रीमानलाई मोडल बनाएर ब्यारेक हातामा खिचिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । श्रीमती हिरा कार्की केसीले श्रीमान रामचन्द्र केसी ब्यारेकभित्रको भवनबाट हिउँ छिचोल्दै आफ्नी मायालुलाई फूल बोकेर भेट्न आएको दृश्य बनाएर टिकटकमा हालेकी हुन् । टिकटिकमा लेखिएको छ, ‘मेरो प्यारो मान्छे,हिउँ छल्दै मलाई भेट्न आउँदै ।’जनआस्थाबाट