१३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

शिक्षक सेवा आयोगले एकै पटक १३ हजार ९३ जनाका शिक्षकका लागि विज्ञापन खोलेको छ । आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको हो। खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । जसअनुसार, ७७ जिल्ला र सातै प्रदेशबाट विज्ञापन खुलाएको हो ।
विज्ञापन अनुसार, प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ ।
योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/tsc-primary.pdf” title=”tsc primary”]








