परिवर्तनका लागि एक जना मात्र पनि पर्याप्त हुन सक्छ

देशको मुहार फेर्न राजनीतिमा नयां सोच र दृष्टि भएका पात्र एक जना मात्र भए पनि पर्याप्त हुन्छ। बाईसे चौवीसे राज्यका नामले टुक्रिएको नेपाललाई एकीकरण गरेर सिंगो नेपाल बनाउन पृथ्वी नारायण शाहको सोच र दृष्टिले काम गरेको थियो । यस्तै सकारात्मक तवरले नलिदा नलिदै पनि १०४ वर्षे राणा शासनको थालनी जंग बहादुरले नै गरेका थिए, त्यसै गरी ३० वर्ष अविच्छिन्न निर्दलीय शासनको थालनी महेन्द्रले नै गरेका थिए।यहां भन्न खोजिएको कुरा के हो भने कुनै पनि शासन ब्यबस्थाको थालनी गर्न एक जनाको सोच वा दृष्टि नै काफी हुन्छ चाहे त्यो सकारात्मक होस् वा नकारात्मक।
नेपालको राजनीतिक ईतिहांसमा देशको मुहार फेर्न खोजेका एकाध राजनेता नदेखिएका पनि हैनन् तर तत्कालीन राजनीतिक परिस्थितिले उनीहरूको सपना पूरा हुन सकेन।
राजनेताहरू समयले जन्माउछ तर तिनीहरूको पहिचान उनीहरूकै कृयाकलापले गरेको हुन्छ। राजनेता रहरले हुन पाईने खेल हैन। देश निर्माणको ठोस तस्वीर बोकेको ब्यक्ति जनताबाट अनुमोदित भएमा मात्र सार्थक राजनेता हुन्छ। विना सपना रहरले देखा पर्ने ब्यक्ति तानाशाह हुन सक्छ। अहिलेको समयमा तानशाहको कल्पना सम्म पनि गर्न सकिदैन।
सामान्य उदाहरणको रूपमा एउटा सवारी साधन र यसको चालकलाई प्रस्तुत गर्न चाहन्छु। कुनै पनि बलियो र स्तरीय सवारी साधन आफै गन्तब्यमा जान सक्दैन, यसको निम्ति एक कुसल र दक्ष चालकको आवश्यकता हुन्छ। गाडी जति राम्रो भए पनि दक्षता कम भएको चालकले सो गाडी हाक्यो भने त्यो चालकले गाडीलाई गन्तब्यमा पुर्याउन सक्दैन गन्तब्यको कुरा त परै राखौ गाडी नै दुर्घटनामा पर्न पनि सक्छ। यो उदाहरण गाडीको रूपमा राज्य र चालकको रूपमा नेतालाई राखेर तुलना गर्न सकिन्छ। जसरी गाडी चलाउन सक्षम चालक एउटा मात्र भए पनि पर्याप्त हुन्छ त्यसरी नै देश चलाउन पनि सक्षम नेता एउटै मात्र पनि पर्याप्त हुन्छ।
Advertisement 1
हालै नेपालका विभिन्न राजनीतिक दलहरूले महाधिवेशन मार्फत नेताहरू छानेका छन्। जनताको मनले छानेकाहरू कति छानिए त्यो नतिजाले देखाई सकेको पनि छ। मतदाताको छनौटमा परेर मात्र हुदैन तिनीहरू पब्लिकको छनौटमा पनि परेको हुनु पर्छ। यसरी पब्लिकको मन मस्तिष्कमा परेकाहरूको संख्या त्यति छैन ता पनि जति छानिएर आएका छन् त्यो संख्या नै पर्याप्त हो। यहा बहुमत र अल्पमतको कुरा हुनु हुदैन, यहा त बिचार र दर्शनको कुरा हुनु पर्छ जुन दर्शन, बिचार र दृष्टिले देशलाई सकारात्मक तवरले गन्तब्यमा लैजान सकोस्। यस्तो बिचार र दृष्टि प्रदर्शन गर्न सक्ने नेता नै आजको आवश्यकता हो।
यहां भन्ने गरिन्छ कि यो पक्षको बहुमत छ र यो पक्ष अल्पमतमा पर्यो भनेर, यस्तो भनाइ निरर्थक हो। किनभने यहां विधेयकलाई कानून वनाउने प्रकृया संसदमा पेश भै रहेको अवस्था हैन। पृथ्वी गोल छ भन्ने बिचार अगाडि ल्याउने ग्यालेलियो पनि एक्लै थिए र त्यो समयमा अत्यधिक बहुमत यसको विपक्षमा थियो तर वास्तवमा ग्यालेलियो सही थिए यद्यपि उनी एक्लै थिए।
त्यसैले राजनीतिक विचार फरक फरक भए पनि हरेक दलमा दूर दृष्टिका विचार वाहकहरू देखिएका छन् जुन सकारात्मक हो। यसरी देखिने विचारहरू कुन समय सापेक्ष छ र कुन विचार देशको पर्यावरण सुहाउदो छ त्यो विचार र दर्शन बोक्ने नेता कुन हो त्यसैलाई देशको जिम्मा दिन सकेमा देशले कांचुली फेर्न सक्छ।
निकट भविष्य मै हुन गै रहेका स्थानीय र संघीय निर्वाचनमा यी बिचारहरू जनता समक्ष पुर्याउने र जुन विचारलाई जनताले बहुमतले स्वीकार गर्छन् वा अनुमोदन गर्छन् त्यो विचार र त्यो विचारका बाहकलाई सरकार प्रमुखको जिम्मेवारी दिन सकिएमा देश गन्तब्यमा जान सक्छ।
अहिले भएका महाधिवेशनबाट आएका नेताहरू मध्ये पब्लिकले अनुमोदन गरेका नेताहरूलाई यस पटक हुने संसदीय निर्वाचनवाट समेत अनुमोदन गरेर देश विकासको जिम्मा दिन सकेमा देशले सही राजनेता पाउन सक्छ।
Advertisement 2
अब यहा पब्लिकको रोजाईमा परेका नेताहरूको कुरा पनि गर्न सान्दर्भिक हुन्छ। महाधिवेशनबाट छानिएकाहरू मध्ये पब्लिकको समेत छनौटमा परेका नेताहरूको संख्या पक्कै सीमित छ। यी सीमित रूपमा छनिएर आएका नेताहरूमा नेपाललाई डोर्याउने सपना कस्तो छ, दश वर्ष पछिको नेपालको तस्वीर कस्तो बनाउदै छन्, उनीहरूले देखाउने क्षमता कस्तो छ र त्यसको लागि ल्याईने कार्यक्रम कस्तो छ, यी परिदृश्यले उनीहरूलाई कसी लगाउन सकिन्छ। यिनीहरूले पनि देशको भावी चित्रको रेखांकन गरेर ब्यबहारिक कार्यक्रम ल्याउन सकेनन् भने हामीले बुझ्नु पर्छ कि नेपालमा नेता जन्मेका छैनन् र अझै केही समय नेताको प्रतीक्षा गर्नै पर्छ।