पार्टीको विधान र सिद्धान्त विपरीतको निर्देशन
यस पटक हुन गै रहेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेर एमाले संग प्रतिस्पर्धा गर्दैछन्। अर्थात यो तालमेलमा रहेका ५ दलहरू बराबर सिंगो एमाले मानिएको छ। तत्कालीन डबल नेकपा हाल एमालेका अध्यक्ष केपी ओलीले नेपालको संविधानको दुरूपयोग गरी आफ्नो मन लाग्दो तवरबाट देशको शासन सत्तामा गरेको मनपरीतन्त्रलाई हटाउन एक भएका ५ दलले गरेको गठबन्धन संघीय संसदको चुनाव सम्म जाने गरी मार्ग चित्र कोरेका हुन्। यो मार्ग चित्रबाट हिडेका दलहरूको लक्ष भनेको एमालेले जित्ने पदहरू समेत आफ्नो पक्षमा पार्नु रहेको छ। यसरी चुनाव लड्दै गरेका दलहरूको घोषणा पत्र र चुनाव चिन्ह भने आ-आफ्नै छ। यसरी फरक परेका चिन्ह र घोषणापत्रको वकालत गठबन्धन भित्रका दलहरू र यसका कार्यकर्ताले आफ्नै सरह गर्नु पर्ने भएको छ। वकालत र प्रचार प्रसार मात्र हैन एउटाले अर्काको निर्वाचन चिन्हमा समेत मतदान गर्नु पर्ने हुन्छ। यो विषयलाई यी ५ पार्टीले निर्णय गरेर आफ्ना सबै तहका कार्यसमितिलाई अनिवार्य रूपमा पालना गर्नु पर्ने गरी परिपत्र समेत गरेका छन्।
Advertisement 1
यो चुनावी गठबन्धन नगरी नहुने अवस्थामा यी पार्टीका युवाहरू भन्दा शीर्ष नेताहरू मरी हत्ते गरेका छन्। किनभने विना गठबन्धन यी पाका नेताहरूले चुनाव जित्न सक्ने देखिदैन। त्यसै गरी भरखरै जन्मिएको र राम्ररी संगठन गर्न नपाएको नेकपा एकीकृत समाजवादीलाई त चुनावी गठबन्धन नगरे पार्टी कै अस्तित्व नै शंकटमा पर्ने देखिन्छ। उता माओवादी केन्द्रको पनि उसैको दोधारे चरीत्रका कारण लाज ढाक्न पनि नेपाली कांग्रेसको दौराको फेरो नसमाती भएको छैन। तराई मधेशलाई केन्द्रित गरी राजनीति थालेको जसपाका मतहरू लोसपाले खण्डित गर्ने हुदा उसको भविष्य पनि सुरक्षित छैन। यसैले जसपालाई पनि मिलेरै चुनावमा जानु पर्ने स्थिति छ। त्यसै गरी संख्या पुर्याउन गठ बन्धनमा थपिएको र कहिल्यै प्रत्यक्ष चुनाव जित्न नसक्ने पार्टी राजमोलाई पनि एक्लै चुनावमा जादा वडा सदस्य समेत हात पार्न मुस्किल हुने हुदा प्रचण्डको औंला समातेर गठवन्धनमा टांस्सिएको छ।
नेपाली कांग्रेसको परिस्थिति उक्त दलहरूको भन्दा फरक छ। किनभने करीव दुई तिहाई नजिकको नेकपाको सरकारले सरकार सन्चालन गर्न नसकेको कमजोरीको फाईदा नेपाली कांग्रेसले पाउने र नेकपा विभाजन हुदा पुग्ने फाईदा समेत कांग्रेसले पाउने हुदा नेकालाई गठवन्धन गरेर चुनावमा जान पर्ने आवश्यकता थिएन तर ओलीले आफू बाहेक कोही नदेखे पछि उनी संग विमती राख्ने नेकपाको अंश र प्रतिपक्षी दल (नेका) भएर ओलीको कदम विरूद्धको कानूनी लडाई संगै लडेका कारण आफ्नो नेत्तृत्त्वमा बनेको गठबन्धनको सरकारले उक्त गठबन्धन संघीय निर्वाचन सम्म संगै जाने भनी समझदारी गरेको हुदा यो गठबन्धनमा नेका सम्मिलित भएको हो।
Advertisement 2
जहिले पनि अमेरिकालाई साम्राज्यवादीका आखाले हेर्ने कम्युनिष्टहरूलाई समेत आफ्नो बाटोमा हिडाउन सफल देऊवाले अमेरिकी सहयोग परियोजना एम सी सी संसदबाट पारित गराएर मौजुदा गठबन्धनलाई थप मजवुत गराए। देउवाका लागि आफ्नो पार्टी भित्रका असन्तुष्ठ समूह भन्दा गठबन्धनका कम्युनिष्टहरू नजिक लाग्न थाले। यसरी नजिक लाग्नुका पछाडि अरू कारण नभएर आउदो संघीय चुनावमा कम्युनिष्टको सहयोगबाट पुनः सरकार प्रमुख हुने ईच्छा हुन सक्छ। यही भएर उनले आफ्नो निर्णय नमान्ने आफ्ना कार्यकर्तालाई कारवाही गर्ने सम्मको चेतावनी दिएका छन्।नेपाली काग्रेसको विधान विपरीत स्थानीय तहको निर्वाचनको सम्भावित तालमेलमा समेत पार्टीको भीटो प्रयोग गरेर नेकका सभापतिले अधिनायकवादको झझल्को दिने चेष्ठा गरेका छन्।
यस्तो परिस्थितिमा कार्यकर्ताहरू अलमलमा परेका छन्। किनभने पार्टीको सिद्धान्त र विधान विपरीत सभापतिले दिएको निर्देशन मान्ने कि उनले गरेको कारवाही भोग्ने ! स्थानीय तहमा दिनरात खटेर पार्टीको प्रभाव बढाउदै जनता र पार्टीको आदर्शलाई एकाकार बनाउदै लगेका ईमान्दार र कर्मठ कार्यकर्ताको भावनामा ठेस पुर्याउदै साम्यवादलाई गन्तब्य मान्ने कम्युनिष्टको चुनाव चिन्हमा मतदान गर्न बाध्य पार्ने पार्टी सभापतिलाई के भन्नेरु बहुदलीय ब्यबस्थाको पुनर्स्थापना पछि नेपाली कांग्रेस लामो समय सम्म सरकारमा रह्यो तर देश र जनताले चाहे जस्तो समुन्नति र समृद्धी पाउन सकेनन्। यसका कापणहरू नेका आफै भित्र पनि होलान् तर मुख्य कारण भनेको माओवादी द्वन्द नै हो जसले काम गर्न पनि दिएन र बनेका संरचनाहरू समेत ध्वस्त पार्यो। तै पनि जनताले नेकालाई प्रतिपक्षमा राखेर नेकपाको नाम धरी पार्टीलाई सत्तामा पुर्याए तर यिनीहरूको त झनै नेकाको जत्तिको पनि ढंग भएन।
Advertisement 3
अब यस पटक हुन गै रहेको चुनावमा जनताको बिकल्प कांग्रेस बाहेक अरू थिएन। यस्तो परिस्थितिमा संसदीय ब्यबस्था र प्रजातन्त्रको नामै सुन्न नसक्ने माओवादीलाई बोकेर हिड्नुको कुनै तुक थिएन। यसरी मरी सकेको सिनोलाई बोकेर हिड्दा कांग्रेसको काध गन्हाउने बाहेक केही उपलब्धी हुने वाला थिएन र छैन। २०७४ सालको स्थानीय तहको चुनावमा आफ्नो स्वार्थ पूरा गरेर मृत शरीरलाई जुम्राले छाडे जस्तो गरी माओवादी एमालेमा मिल्न गएको हिजो जस्तै लाग्दै छ। राजनीतिमा स्थायी शत्रु र मित्रु हुदैन भन्ने राजनीतिक भनाई नेकाले मात्रै मान्नु पर्ने हो र ? हेर्नुस पार्टी सभापति शेर बहादुर जी ! स्थानीय तहको नतिजालाई नै निहुं बनाएर संघीय चुनावमा यिनीहरूले तपाईको साथ छोडेनन् भने राजनीति शास्त्रको परिभाषा नै बदल्नु पर्ला, हैनभने कतिपटक धोका खाए पछि चेत आउछ तपाईको ? नेपाली राजनीतिका महानायक विपीको भनाई सापट लिदै म यो भन्छु कि नेपाली कांग्रेसको शत्रु कोही छ भने त्यो यही पार्टी भित्रै छ कतै त्यो पात्र तपाई र तपाई जस्ताको प्रवृत्ति पो हो कि ?