त्रिभुवन विमानस्थल भन्सारको कार्गो भवनमा ‘फ्ल्याप गेट’
त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले आज बुधवारबाट कार्गो भवनमा प्रवेशकालागि फ्ल्याप गेट संचालनमा ल्याएको छ।अनाधिकृत व्यक्त्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट संचालनमा ल्याइएको हो।प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन्।
Advertisement 1
गत श्रावण २ गते कार्गो भवनबाट गाडीको व्रेक शु भित्र लुकाई छुपाई अवैध सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाई गरेको हो।उक्त घटनामा अनाधिकृत व्यक्त्तीको प्रवेश देखिएपछि विभिन्न निकायको शिफारिशका आधारमा भन्सार कार्यालयले कार्गो विल्डीगं प्रवेशका लागि फ्ल्याप गेट संचालनमा ल्याएको हो ।
त्रिभुवन विमानस्थल प्रवेशकालागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ।कार्गो भवन प्रवेशकालागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको हो। सर्वसाधारणहरु आफ्नो मालवस्तु छुटाउनका लागि भन्सार एरियामा प्रवेश गर्नु परेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।
Advertisement 2
हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटो सहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए। यसबाट अनाधिकृत व्यक्त्तीको प्रवेश र अवैध सामान आयात अन्त्य हुन्छ पाण्डेले भने “यसका लागि हामीले मापदण्ड तयार पारी यो पास वितरणलाई व्यवस्थित गरेका छौँ।” भन्सार कार्यालयले यस अघि विमानस्थलको यात्रु आवागमन तर्फ बहमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष संचालनमा ल्याएको थियो।यद्यपि पछिल्लो समय अवैध सुन तथा मालवस्तु ल्याई दर्जनौँ व्यक्तीहरु कानुनी कार्वाहीमा पर्ने क्रम नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।