चन्द्र ढकाल :- कोल्ड स्टोर सञ्चालकदेखि ठूलो बैंकको अध्यक्ष हुँदै महासंघको नेतृत्वसम्म
०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर ।
Advertisement 1
तर जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै बढाउन सकेनन् ।् बाग्लुङको विकट गाउँ बलेवा, अमलाचौरमा जन्मिएका ढकाल काठमाडौं छिरेपछि पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजबाट जागिरे जीवन शुरु गरे । राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब चारवर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे । जागिर खाइरहेका बेला उनीसँग सँगै व्यवसाय पनि गर्थें ।
र, ०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए । कर्मचारी भएकाले बैंकले उनलाई व्यवसाय गर्न ऋण दिएन । वाणिज्य बैंकमा कार्यरत छँदा नै उनले २०४८ तिर कोल्ड स्टोर चलाए र त्यसपछि कार्गो व्यवसायमा हात हाले । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणका लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि जागिर खाइरहेकालाई यस्तो ऋण दिन नसक्ने भन्दै बैंक प्रशासन पन्छियो र उनले त्यतिबेला रााजीनामा दिएर ऋण लिए र आफ्नो व्यवसायलाई अगाडि बढाए । त्यसपछि बैंकबाट ऋण लिएर व्यवसायलाई निरन्तरता दिनकै लागि जागिर छोडिदिएँ । त्यसपछि उनले पछि फर्केर हेर्नेपरेन् । उनी आईएमई गु्रपको संस्थापक हुन् भने देशकै ठूलो बैंक ग्लोबल आईएमई बैंकका अध्यक्ष हुन् ।
Advertisement 2
खाइरहेको सरकारी जागिर छाडेर व्यवसायमा होमिएका उनी आज देशकै ठूलो बैंक ग्लोबल आइएमइ बैंकको अध्यक्ष छन् भने ठूलो संगठन उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चुनिएका छन् । र अर्को कार्यकाल स्वत अध्यक्ष हुँदैछन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाले ११०० सय मतमा ढकाल ६३३ मत ढकालको पक्षमा खसेको हो । र अबको तीन बर्षपछि उनी स्वत अध्यक्ष बन्नेछन् ।
यसरी जीवनको छोटो कालखण्डमा नै राम्रो प्रगती गर्ने धेरैलाई रोजगारी दिने र रेमिट्यान्स भित्र्याउने कम्पनीका मालिक चन्द्र कुनै कथाका नायक झै लाग्छन । एकपटक एसएलसी फेल भएका, आईकमको परिक्षामा अर्काले चोरेको चिटमा चासो राख्दा पुरै परिक्षा रद्ध गरिएका चन्द्र ढकाल वाणिज्य बैङकका सहायक थिए । अहिले उनी देशकै ठुलो बैङक मध्येको एक ग्लोबल आईएमईका अध्यक्ष हुन् । उनको जलबिद्युत, आयात, निर्यात, कार्गो, पर्यटनजस्ता क्षेत्रमा धेरै उद्योग ब्यावसाय छन् । अहिले उनी चन्द्रगिरि हिल्स कम्पनी मार्फत काठमाण्डौको पश्चिम दक्षिण पहाडमा केवलकार कुदाउने नेपाली मध्येका एक हुन् ।