सनराइज क्यापिटलको साधारणसभा सम्पन्न
सनराइज क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायत विवरण छलफल गरी पारित गरेको छ ।
Advertisement 1
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ४० प्रतिशत कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल शेयर रजिस्ट्रार, शेयर अन्डरराइटिङ, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको काम गर्दै आएको छ ।
प्रकाशित :२०७८ कार्तिक १४, आईतवार ०९:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%