अब कर्मचारीको सरुवा चक्रीय प्रणालीमा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अब कर्मचारी सरुवा चक्रीय प्रणालीमा आधारित हुने बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउन चक्रीय प्रणाली अवलम्बन गर्न लागिएको बताउनुभएको हो ।

Advertisement 1

मुलुक संघीयतामा गएको यतिका बर्षसम्म पनि प्रशासनिक संघीयता कार्यन्वयनमा आउन नसकेको भन्दै अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो नामै परिवर्तन गर्नदेखि उपसचिवभन्दा तलका कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई दिने तयारी गर्दैछ ।
मन्त्री श्रेष्ठले लोकसेवा भिडेर नाम निकाल्नु अघि वा जागिर खानु भन्दा अगाडि नेपालभर जहाँ खटाए पनि गएर सेवा गर्छु भन्ने तर जागिर खाए पछि संघमा मात्र बस्न वा सरुवा हुन खोज्ने विकृती रोक्ने बताउनुभएको छ ।

यस्तै सरुवा भइ गएका कर्मचारीहरुलाई हाजिरी गर्न रोक लगाउने समस्या धेरै देखिएकाले यस्ता समस्या मन्त्रालयले तत्कालै सामाधान गर्ने मन्त्री श्रेष्ठको भनाई छ ।

Advertisement 2

गत २० वैशाख अगावै स्थानीय तहका कर्मचारीहरुले अन्तरस्थानीय तहमा सरुवा माग्दै  अनलाइन आवेदन मागिएकोमा दोहोरो सहमति जुटाई  मन्त्रालयले तयार पारेको मापदण्ड अनुसार निवेदन पेश भएकाहरुका हकमा निर्णय प्रक्रिया अन्तिम चरणमा रहेको र सो प्रक्रिया समाप्तीसँगै मन्त्रालयको वेवसाइडमार्फत जानकारी गराइने जनाइएको छ ।
यस्तै मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई उनीहरुको योग्यताको आधारमा काम दिने र काम अनुसारको मुल्यांकन हुने बताउनुभएको छ ।

प्रकाशित :२०७८ मंसिर २०, सोमबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry