राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाँदैछन । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी जान लागेका हुन् ।
Advertisement 1
त्रियान सम्मेलन विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर आयोजना गरेको हो ।
आज दिउँसो १ बजे राष्ट्रपति भण्डारीले सम्मेलनको उदघाटन गर्ने र कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने पनि कार्यक्रम रहेको छ ।
प्रकाशित :२०७८ मंसिर १६, बिहीबार ०८:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%