मन्त्रालयका बरण्डामा हाकिमको बथान

मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै झण्डै दुई दर्जन सहसचिव, चार दर्जन हाराहारी संख्यामा उपसचिवलाई तीन महिनादेखि बरण्डामा थन्क्याइएको छ ।
सहसचिवलाई मन्त्रालयको बरण्डामा थन्क्याएर, सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर त कतै कामु दिएर खटाइएको भेटिएको छ ।
जस्तो गृहमा मात्र सात जना सहसचिव बरण्डामा थन्क्याइएको छ । सहसचिवहरू सुनिता नेपाल, रमेश ढकाल, थानेश्वर गौतमलगायत बरण्डामा थन्क्याइएको छ । जिम्मेवारविहीन अवस्थामा रहेका अर्काे सहसचिव ढुण्डी निरौला अमेरिका शयरमा छन् । सहसचिवलाई बरण्डामा राखेर उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । जसमध्ये बारामा कृष्णबहादुर कटवाल, बाँकेमा सूर्यबहादुर खत्री, सिन्धुपाल्चोकमा वेदनिधि खनाल, स्याङ्जामा राजुप्रसाद पौडेल, नुवाकोटमा जीवनप्रसाद दुलाललगायत छन् ।

Advertisement 1

गृहमा झण्डै दर्जनकै संख्यामा उपसचिव जगेडामा थन्क्याइएको छ । दसैँअगावै सरुवा गरेर गृहमा तानिएका उनीहरूलाई अझै जिम्मेवारी दिइएको छैन । दर्जनभन्दा बढी उपसचिव बरण्डामा सीमित छन् । उनीहरूको दैनिकी बनेको छ मन्त्रालय जाने हाजिर गर्ने फर्कने । पुण्य ढकाल, चेतराज बराल, शेखर पौडेललगायत दर्जन उपसचिव बरण्डामा थन्क्याइएको छ ।

Advertisement 2

गृहमा मात्र होइन, यस्तो भद्रगोल भौतिक पूर्वाधार,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र, सामान्य प्रशासन र शिक्षा मन्त्रालयतिर समेत देखिएको छ ।
उद्योगका सिनियर कर्मचारीलाई जिम्मेवारबिहिन बनाएर (पुल)मा थन्काएर जुनियरलाई कामु दिएर पठाइएको छ ।
मन्त्रालयमा सहसचिव तहका तीन जना सहसचिवलाई जगेडामा राखेर उपसचिव तहका कर्मचारीलाई धमाधम कामु दिएर खटाइएको छ । लामो समय पुल महाशाखाको कमाण्ड गरेका दिपक श्रेष्ठ,मन्त्रालयका पूराना इञ्जिनियर हुन,०४७ सालकै । मन्त्रालय स्रोतका अनुसार भौतिक पूर्वाधारमा उनी जतिको सिनियर इञ्जिनियर अरु कोही छैन । तर उनलाई तिहार लगतै पुल (जगेडामा ) तानेर महिनौ दिनदेखि जिम्मेवारबिहिन बनाइएको छ । उनको ठाउँमा मन्त्री यादवले उमेश विन्दु श्रेष्ठलाई जिम्मेवारी दिएर पठाएका हुन ।
अहिलेका सडक विभागका डिजी अर्जुनजंग थापा र दिपक एउटै व्याचका हुन । सरल र मिजासिला स्वभावका र दिइएको जिम्मेवारी दत्तचित्त भएर पूरा गर्न दीपक यस अघि राष्ट्रिय सतर्कतामा समेत बसे । जबकी त्यहाँ कोही पनि प्राविधिक कर्मचारी जान मान्दैनन् ।

उनी पछि प्रमिला बज्राचार्य थोरै समय त्यहाँ बसेकी हुन । दिएका जिम्मेवारी पूरा गर्न,कसैसँग गुनासो पोख्न नजाने दीपकको स्वभाव हो । उमेश विन्दुलाई सडक विभागको पुल महाशाखामा खटाइएपछि दिपकलाई उनको स्थानमा जिम्मेवारी दिइएको भए उनीमाथि न्याय हुन्थ्यो तर त्यहाँ ललिजंग खनाललाई खटाइएको छ । खनाल सचिवमा बढुवा भएको दुई साता पनि व्यतित भएको छैन । यस्तो स्थितीले कर्मचारीहरुको मनोबल कहाँ पुग्छ र कसरी काम गर्दछन् भन्दै एक जना उच्च तहकै कर्मचारीहरुले दुखेसो पोखेका छन् ।
यो अन्याय भुक्तमान गर्न सहसचिव दिपक श्रेष्ठ एक्ला होइनन् । सचिव बन्ने लाइनमा रहेका सिनियर सहसचिवहरु रोहित विसुरालदेखि भिमार्जुन अधिकारीहरुलाई महिनौदिनदेखि बरण्डामा थन्काइएको छ ।
सिनियरलाई अपमान गरेर धमाधम जुनियर कर्मचारीलाई टपक्क टिपेर कामु दिने सिलसिला यसरी चलेको छ कि,धर्वेन्द्र झालाई हुलाकी सडकको कामू दिएर पठाइएको छ । उनी जागिरे अवधिभर मालदार अड्डामा बसेका कर्मचारी । यस अघि कर्णाली प्रदेशमा कार्यरत थिए । गोपाल खड्कासँगै काम गरेका उनी खड्का आयल निगममा गइसकेपछि उनै खड्काको डिजाइनमा काठमाडौं सडक डिभिजन कार्यालय (तत्कालीन समयमा सानो गौचरनमा कार्यालय) चलाएका । अर्का खेलाडी अशोक तिवारीलाई ठूलो बजेट भएको मदन भण्डारी राजमार्गको कामू दिएर खटाइएको छ ।

Advertisement 3


यस्तै रविन्द्रलाल दासलाई सिन्धुली बर्दीबास सडक आयोजनाको निमित्त बनाएर खटाइएको छ भने ज्ञानेन्द्र झा पूर्वाञ्चलको सुई,बेलबहादुर भुजेल लगायतका दर्जनौ उपसचिवलाई कामु दिएर पठाइएको छट भने सिनियर सहसचिवलाई जगेडामा थन्काइएको छ ।
सहसचिवमात्र होइन त्यहाँका दर्जनौं सिनियर प्राविधिक उपसचिवहरु अहिले जिम्मेवारबिहिन अबस्थामा छन् । मन्त्रालय स्रोतका अनुसार,अहिले पूर्ण कुमार राई,अजय मुल,रुपक राज भण्डारी,हरि पोखरेल ,निरज शर्मा जिम्मेवारबिहिन बनाइएपछि कार्याल्य जाने,हाजिर गरेर फर्कने दैनिकी बनेको छ ।
यस्तै उद्योग मन्त्रालय मन्त्रीविहीन अवस्थामा छ । विभागीय मन्त्री हुँदा उद्योग मन्त्रालयले चार जना सहसचिवको पोष्टिङ गर्नसमेत सकस परिरहेको छ । गत असोज ३१ गते सरुवा भई उद्योग मन्त्रालय मातहत आएका चार सहसचिवको पोष्टिङ हुन नसक्दा उनीहरू बरण्डामा सीमित भएका छन् ।

बाग्मती प्रदेशबाट मन्त्रालयमा तानिएकी सह–सचिवहरू राधिका अर्यालसहित बाबुराम गौतम, गोविन्द कार्की रामआधार साह कामविहीन भए । सोही समयमा वाणिज्य विभाग र लघु तथा घरेलु प्रवद्र्धन केन्द्र पनि प्रमुखविहीन अवस्थामा रहेका छन् । वाणिज्य विभागमा रहेका महानिर्देशक प्रकाश अधिकारी राजश्व अनुसन्धान विभागमा पुगेसँगै वाणिज्य विभाग नेतृत्वविहीन अवस्थामा छ । उता, परराष्ट्र मन्त्रालयका ५ सहसचिव जिम्मेवारविहीन अवस्थामा छन् ।
परराष्ट्र मन्त्रालयमा १० महाशाखा र दुई विभाग रहेकामा ती सबैमा सहसचिव पूर्ण भएर पनि पाँच सहसचिव कामविहीन अवस्थामा प्रशासनमा थन्क्याएर राखिएको अवस्था छ ।
उता, शिक्षा मन्त्रालयमा झण्डै चार दर्जन कर्मचारी जिम्मेवारविहीन अवस्थामा छन् । मन्त्रालयमा कार्यरत झण्डै २२ जना उपसचिव र उति नै संख्यामा अधिकृतहरूको पोष्टिङ हुन सकेको छैन । गत १ असोजपछि डीएलपीआईयू खारेजीमा परेसँगै मन्त्रालयमा तानिएका ती उपसचिव र अधिकृतहरू मन्त्रालयको चौर र बरण्डामा बसेर दिन कटाइरहेका छन् । त्यस्तो स्थितिमा पु¥याइएको उपसचिवहरूमा द्वारिका पोखरेल, अर्जुन रायमाझी, निर्मल घिमिरे, देवकुमार बराल, गोविन्दराज सेढाईं, युक्त शर्मालगायत छन् । त्यस्तै, अधिकृतहरूमा राजेश्वर पराजुली, रामेश्वर लामिछाने, तारानाथ निरौलालगायत छन् ।

प्रकाशित :२०७८ मंसिर १२, आईतवार १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry