गृहमन्त्रालयले बोलायो प्रजिअहरुको भर्चुअल बैठक
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज बिहानै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् ।
Advertisement 1
लामिछानेले भर्चुअलमाध्यमबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुसँग शान्ति सुरक्षा र आम नागरिकले भोगेका समस्याहरुको बारेमा छलफल गर्न लागेका हुन ।
गृहमन्त्रीको नीजि सचिवमा उपाध्याय
गृहमन्त्री रवि लामिछानेको नीजि सचिवको जिम्वेवारी गोकर्ण उपाध्यायले पाएका छन् ।
केही महिना अघिमात्र अघिमात्र लागू औषध विभागबाट गृहमा तानिएका उपाध्यायलाई रवि लामिछानेले आफ्नो नीजि सचिवको रुपमा जिम्मेवारी सुम्पिएका हुन ।
Advertisement 2
प्रकाशित :२०७९ पुष १८, सोमबार ०८:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%