नियुक्तिदेखि सरुवा,बढूवासम्म :-यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

मन्त्रिपरिषद्को पछिल्ला ४ बैठकले विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको छ । जसअनुसार ,सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझाले नियुक्ती पाएका छन् । समितिको सदस्यमा महेन्द्रबहादुर गुरुङ, राष्ट्रिय योजना आयोगको सदस्यमा राजबहादुर गिरीलाई नियुक्त गरिएको छ ।यस्तै राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई पुनः नियुक्ति दिने निर्णय गरिएको छ ।

Advertisement 1

यस्तै नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् ।
सञ्चार मन्त्रालयको समेत जिम्मेबारी सम्हालिरहेका बसन्त नेम्बाङका अनुसार, सीटीईभीटीको सदस्यसचिवमा जितनारायण काफ्लेलाई जिम्मेवारी दिइएको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त भएका छन् । मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्यमा प्रा. डा. मनिलराज कुलाक्षपती, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेल नियुक्त भएका छन् ।

नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा अर्जुन कार्की, डा अमिना सिंह, डा असिम ढकाल, डा विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा सूर्यराज आचार्य, डा उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त भएका छन् । यस्तै, योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन् ।

Advertisement 2

असार ७ गतेको बैठकले एसीयाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने पनि निर्णय गरेको छ ।
यस्तै सरकारले सन् १९७१ सालमा नेपाल– अंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका भक्ति थापालाई राष्ट्रिय विभूती घोषणा गरेको छ । असार  सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका सरदार थापाले देउथलमा अंग्रेजविरुद्ध बहादुरी देखाएका थिए ।
यस्तै बैठकले सशस्त्र प्रहरी बल मानव स्रोत विभागका कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभागका सरुवा गरिएको छ भने उनको ठाउँमा कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआईजीपी रामशरण पौडेललाई ल्याइएको छ ।

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको पनि नेम्वाङले बताए ।

Advertisement 3

 

प्रकाशित :२०७८ असार १६, बुधबार १७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry