राष्ट्रका नाममा हुने सम्बोधन बारे

 

Advertisement 1

सरकार प्रमुख भएको १ वर्ष पुगेछ, यसै सन्दर्भमा यो अवधिमा गरेको कामको समीक्षा गर्दै हुनुहुन्छ प्रचण्डजी। समीक्षा भनेको आफूले केही काम गरेको भए त्यसको गर्ने हो तर जनताले अनुभूति गर्ने गरी यो अवधिमा केही काम गरेको पाईदैन। अनि के को समीक्षा?

समीक्षा गर्ने नाममा पुष १० गते अपरान्ह ३.०० बजे देशवासीका नाममा सम्बोधन गर्ने भन्ने सुनियो। यो एक वर्ष भित्र सरकारले जनताको नाममा कुनै किसिमको काम गरेको अनुभूति जनताले गर्न नपाएको अवस्थामा गरिने सम्बोधनको के अर्थ होला? यसको अर्थ जरूर छ कसरी भने यसमा गठवन्धन टिकाउन भरमग्दूर कोशिश भएको छ, प्रतिपक्षी नेता कराउछन् भनेर उनको पार्टीका कार्यकर्ता संबद्ध मुद्दा जिताउन र फिर्ता गर्न पहल भएको छ, छिमेकी रिसाउछन् कि भनी पहेंला बस्त्र धारण मात्र हैन देशको हितमा बोल्नु पर्ने कुराहरू चुं सम्म गरिएको छैन,द्वन्दका वेरूजुको हिसाव किताव मिलाउन महासचिवलाई निमन्त्रणा गरिएको छ,ललिता निवासका टाउकेहरू जोगाईएको छ,पहेंला धातुमा आफूहरू नै पर्ने भए पछि त्यसलाई ढाकछोप गरिएको छ, नेपालीलाई शरणार्थी बनाउने नेतालाई जोगाउन न्यायीक नाटक देखाईएको छ,एनसेल प्रकरणबाट डकारे पछि आफ्नै कार्यकर्ताको संयोजनमा छानविन समिति बनाएर जनताको आखोमा छारो हालिदै छ।
यसका अतिरिक्त यस अवधिमा जनताको ढाड सेकिने गरी महंगी बढाईएको छ। देशमा द्वन्द फैलाउन पहिचानको नाममा प्रदेश बनाउन खोजिदैछ, एक आपसमा मिलेर बसेका जातजाती र समुदायमा विखण्डन ल्याउन मन्त्री स्तरका मान्छेबाट भाषण ओकल्न लगाईदै छ, युवाहरूमा भएको विदेशपलायनतालाई कम गर्न त केही कदम चालिएन नै, तटस्थ नेपाली नागरिकहरू रोजगारीको नाममा द्वन्दग्रस्त देशमा भिड्न पुग्दा समेत कुनै कुटनीतिक पहल गरिएको छैन।
यति ठूला ठूला काम गरेको तथ्य समस्त देशवासीलाई जानकारी नै छ, त्यसैले देशवासीका नाममा तपाईको सम्बोधनको जरूरी छैन।

Advertisement 2

यहां त तपाईंले सरकार चलाएको जस्तो लगेको छैन, बरू तपाईंलाई कसले चलाईरहेको छ त्यो भन्दिनुस। तपाई सरकारमा जान मरिहत्ते गरेर कहिले बालकोट कहिले बुढानिलकण्ठ धाएर के के बार्गेनिंग गर्नु भयो र तपाईका ईष्टदेवहरु संग के के कवुलियत गर्नु भयो? त्यो चाही सुनाए हुन्छ। तपाईको सम्बोधन देशवासीले त हैन तपाई कै कार्यकर्ताले पनि सुन्न चाहेका छैनन्। जनताको चाहना विपरितका काम गरेको देखी देखी तपाईको सम्बोधन कसलाई सुन्ने रहर होला?

तपाई र तपाईको सरकारको विरोध गरेमा तपाईले देशको राजनीतिक ब्यबस्था माथिको बिरोध हो भन्नु भएछ, तपाईको परिवार सकिदा सकिदा अव ३ जना बाकि रहेको कुरा पनि गर्नु भएछ! तपाईलाई यसो भन्दा अलिकति पनि लाज लागेन है? तपाईका परिवार देशको ब्यबस्था संग जोड्नु पर्ने के कारण छ? तपाईका परिवारको लागि १७००० ले वलिदान दिएका हुन? तपाईका ३ जना बांकि रहदा ती १७००० का परिवारमा कति बचे होलान्! तपाईलाई ख्याल छ सम्माननीय ज्यू?

Advertisement 3

हुन त तपाईको कार्यकालको १ वर्ष सकिएछ, हामीलाई त यो एक वर्ष पनि १० वर्ष जस्तो लागी सक्यो। गठवन्धनमा जोडिएको हिसाबले त तपाई अर्को १ वर्ष पनि हामी उपर शासन गर्ने सुरमा हुनुहुन्छ होला तर विगतमा संसदलाई देखी नसहेर बारम्बार भंग गरिरहने पात्र भन्दा तपाई बढी गफी लाग्यो त्यसैले नेपालको राजनीतिक ईतिहांस पानाहरू भद्दा बनाउन भन्दा बहिर्गमन भए देश र देशवासीले सुख पाउने थिए।

हन त अहिले देखिएको राजनीतिक परिदृश्यमा गतिला पात्र कुनै पनि पार्टीमा देखिएका छैनन् तर तपाई, तपाई पछिको होली वाईन र असक्षम प्रमाणित भै सकेका तपाई तीनै जना पाखा लागेमा बांकि खराब मध्येबाट छान्ने मौका पाउने थियौ।

तपाईहरूले त ..ग न बाटो छोडको अवस्थामा देशलाई वन्धकमा राखिदिनु भएको छ, तपाईहरूलाई हेक्का छ कि छैन थाहा छैन, तपाईहरू धेरै त हैन ५ वर्ष शासन सत्तामा बस्नु भयो भने कि देशको नाम निशाना मेटिदिनु हुन्छ कि देशको नाम मात्र रहने,शासन अर्कैले गर्ने परिस्थिति बनाईदिनु हुन्छ।देशको हित चाहनु हुन्छ भने तपाईहरू यथाशीघ्र पाखा लागेर बस्नुस् तपाई बाहेकको पात्र फेरेर पनि केही परिवर्तन हुनेवाला छैन। मैले त चाहे कै हो मेरा मन्त्रीले गरेनन् भनेर गठवन्धनका अरूलाई बिटूलो बनाउन खोज्दै हुनुहुन्छ भने तपाई संग सति जान कोही तयार हुने छैनन्। किनभने तपाई स्वयं असफल भै सके पछि तपाईको टीममा गतिलै मानिस परेछ भने पनि केही हुदैन, तपाईले राष्ट्रका नाममा सम्बोधन गर्दा आफ्नो राजिनामा पनि समाबेश गर्नु होला, शुभकामना।

प्रकाशित :२०८० पुष १०, मंगलवार ०६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry