नेपाल एसबिआई बैंकलाई एबीएफका चार अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सिंगापुरस्थित एशियन बैंकिङ एन्ड फाइनान्स ९ब्द्यँ० द्वारा प्रदान गरिने होलसेल बैंकिङ अवार्ड–२०२६ र रिटेल बैंकिङ अवार्ड–२०२६ अन्तर्गत चार अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
Advertisement 1
बैंकले जारी गरेको विज्ञप्तिअनुसार होलसेल बैंकिङतर्फ नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर तथा नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर अवार्ड प्राप्त गरेको हो। त्यसैगरी, रिटेल बैंकिङतर्फ डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल र एसएमई बैंक अफ द इयर–नेपाल अवार्डबाट सम्मानित भएको जनाएको छ।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।
Advertisement 2
बैंकले यस उपलब्धिमा साथ र विश्वास गर्ने ग्राहक, शेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।








