रेडियो नेपालले माग्यो ३९ जना कर्मचारी (सूचनासहित)

सरकारी सञ्चारमाध्यम रेडियो नेपालले ईञ्जिनियरसहित विभिन्न पदमा गरी ३९ जनाका लागि विज्ञापन खुलाएको छ । रेडियो प्रसार सेवा विकास समितिले आज एक विज्ञापन प्रकाशन गरी इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, बाध्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल, समाचार बाचक (नेपाली), कार्यालय सहायकलगायतका पदमा गरी ३९ जनाका लागि विज्ञापन खोलेको हो ।

Advertisement 1

No photo description available.

 

Advertisement 2

रेडियो नेपालले सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ। १० जना प्राविधिक सहायक माग भएको हो। वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ। अन्य १९ जना भने विभिन्न पदका लागि छन्। लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो। योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि लागू हुनेगरी २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

No photo description available.

Advertisement 3

No photo description available.

प्रकाशित :२०७८ कार्तिक २६, शुक्रबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry