यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण १९ निर्णय

सरकारले १८ अर्ब सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्रतावित १५ करोड अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

Advertisement 1

त्यस्तै बैठकले ३ जना विदेशी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ भने विभिन्न कार्यविधि पारित गरेको छ । बैठकले विभिन्न संस्थामा सरुवा बढुवा तथा नियुक्ति गरेको छ ।त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ 

बैठकले अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ गतेदेखि लागू हुने गरी चार वर्षको लागि थप गर्ने र कोलम्बियाको बोगोटामा डा. सोराया स्टेला कारो भरगासलाई चार वर्षको लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नयाँ नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

Advertisement 2

प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ संसोधन गर्दै यस्तो निर्णय भएको बताए । ‘दफा १२ को उपदफा (३) लाई संशोधन गर्दै ‘स्थानीय तह अन्तर्गत स्थापना हुने ५ देखि १५ शैयाको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिवन्धात्मक वाक्यांश थप गरिएको उनले बताए ।

Advertisement 3

प्रकाशित :२०७७ मंसिर ६, शनिबार ०७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry