तीन लाख शिक्षकका लागि खुसीको खबर :- अब बन्ने भयो शिक्षकका लागि बेग्लै अस्पताल

निजामती कर्मचारी,सेना,प्रहरीको उपचारका लागि आफ्नै अस्पताल भएको तर शिक्षकहरुको बेग्लै अस्पताल थिएन । शिक्षकहरुको माग थियो देशमा निजामती कर्मचारीका लागि छुट्टै अस्पताल भएजस्तै आफूहरुका लागि पनि छुट्टै शिक्षक अस्पताल हुनु पर्ने । सो मागको ढिलै भए पनि सुनुवाई भएको छ ।
अब शिक्षकहरुका लागि आफ्नै अस्पताल हुने भएको छ । सरकारले शिक्षक अस्पताल बनाउनका प्रक्रिया अगाडि बढाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल निर्माणका लागि अध्ययन शुरु गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप शिक्षक अस्पताल निर्माण गर्नका लागि समिति गठन भएको हो ।
विभागीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल बनाउने उपयुक्त स्थान खोज्न ७ सदस्यीय समिति गठन गरेको हो । जस्को संयोजक तोकिएका छन् डा विमल चालिसे । सो समितिले आगामी पुस महिनाभित्र काठमाडौँ उपत्यका वा बाहिर उपयुक्त ठाँउमा जग्गा खोग्ने कार्याधिकार तोकिएको छ ।

Advertisement 1

शिक्षक अस्पताल बनेपछि देशभरका करीव तीन लाख शिक्षक र तिनका परिवार लाभान्वित हुनेछन् ।

प्रकाशित :२०७८ कार्तिक २३, मंगलवार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry