स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

Advertisement 1

यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । “हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं,” उनले भने । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् ।

Advertisement 2

 

प्रकाशित :२०७७ चैत्र २७, शुक्रबार ०९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry