रिटायर्ड कर्मचारीको कृषि मोह :-उपसचिवबाट अवकाश पाएपछि कागती खेतीमा

जीवनका उर्जाशील ३५ बर्ष समय सरकारी सेवामा बिताएर रिटायर्ड भएका एक कर्मचारी कृषि कर्ममा होमिएका छन् । उनी हुन धनबहादुर राना । उपसचिव बाट अवकाश पाएका उनी बर्ष दिन अघि देखि नै व्यवसायिक कृषि कर्ममा होमिएका हुन । तनहुँको बन्दिपुर गाउँपालिका–१ बानियाँटारका स्थायी ठेगना भएका रानाले उपसचिव पदबाट रिटायर्ड भए पछि व्यवसायिक कागती खेती प्रारम्भ गरेका हुन । २१ रोपनी क्षेत्रफलमा एक बर्ष अघि उनले आठ सय कागतीका बिरुवा रोपेका छन् ।

Advertisement 1

रानाले कागती खेतीका लागि मलचिङ प्रविधि प्रयोग गरेका छन् । मलचिङ गरेपछि चिस्यानबाट संरक्षण गर्ने, कम मल प्रयोग गरे हुने र बिरुवा राम्रो हुने बताइन्छ । मलचिङ गरेपछि पानीको संरक्षण, झार आउन नदिने, मलको काम गर्ने र विषादीको पनि काम गर्ने भएकाले यसको फाइदा रहेको रानाको भनाई छ ।

स्वास्थ्यका दृष्टिले जति फाइदा जनक छ । व्यापारको दृष्टिले त्यति उत्कृष्ट र फाइदाजनक भएका कारण आफू कागती खेतीमा आकर्षित भएको रानाको कथन छ । कागती खेतीका लागि ५०० देखि १८०० मिटरसम्म उचाइ भएको क्षेत्र उत्तम मानिन्छ । कागतीले केही हदसम्म सुख्खा सहन् गर्न सक्छ तर, तुसारो सहने शक्ति निकै कम हुने कागती खेती गर्दै आएका कृषकहरुको कथन छ ।
विशेष गरी कागती खेतीका लागि पहाडी क्षेत्रको रातो माटो, मध्य तथा तराइमा हल्का बलौटे दोमट र पानीको राम्रो निकास भएको जमिनको सतह मुनी पनि डेढ देखी दुई मिटर माटो भएको जमिन उत्तम हुन्छ।

प्रकाशित :२०७८ कार्तिक २०, शनिबार १८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry