अब उच्च सरकारी अधिकारीदेखि राष्ट्रपतिसम्मको बैंक खाता निगरानी हुने
नेपाल राष्ट्र बैंकले सबै उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।नेपाल राष्ट्र बैंकले थतयार पारेको सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संसोधन गर्दै स्वदेशी,विदेशी वा कुनै अन्तराष्ट्रिय संस्थामा उच्च पदस्थ कार्यरत व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै अपराधिक कार्य गरी आर्जन गरेको सम्पत्ति वा ती अधिकारीको खातालाई निगरानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो।
Advertisement 1
सो निर्देशन अनुसार राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतका न्यायाधीश, संसद्का सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ। यस्तै विदेशी नियोगका उच्च अधिकारीको बैंक खाता पनि निगरानीमा राख्न निर्देशन दिइएको छ।
यसैगरी, कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ।
Advertisement 2