महासचिव पौडेलको प्रस्तावः सचिवालयका ९ जनाले नै सामुहिक राजीनामा दिऊँ


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक घण्टा बसेर सकिएको छ । बैठक पुनः १० दिनपछि अर्थात मंसिर १३ गते बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisement 1

बैठकमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा अ‍ोली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडे, रामबहादुर थापा बादल र ईश्वर पोखरेल सहभागी थिए ।
सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन्। उनले यो विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताँउदै सचिवालयका सबै सदस्यहरुले सामुहिक राजीनामा दिन प्रस्ताव राखेका हुन् । उनले अहिलेका सचिवालय सदस्यहरु पार्टीको विवाद हल गर्न असक्षम रहेकाले दोस्रो पुस्ताका नेतालाई अवसर दिनुपर्ने बताएका छन् ।
र स्थायी कमिटिका युवा नेताहरुलाई सचिवालयमा ल्याउने प्रस्ताव गरे पनि उनको प्रस्ताव उपर कुनै छलफलद नभएको नेकपाका एक नेताले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । ओलीको प्रस्तावबारे १३ गते बस्ने सचिवालयको बैठकमा छलफलमा हुने उनले जानकारी दिए । बैठकमा पार्टीको संकट र निवरण सम्बन्धमा ओलीले प्रस्तुत गर्ने प्रस्तावबारे छलफल गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित :२०७७ मंसिर ३, बुधबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry