सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

काठमाडौं। गत शुक्रबारको तुलनामा सुनको मूल्य रु ३ हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु २ लाख ३५ हजारमा कारोबार भएको १ तोला सुनको मोल आज रु रु ३ हजारले बढेर रु २ लाख ३८ हजार कायम भएको छ। सोही दिन १ तोला चाँदी रु ३ हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु ३ हजार १२५ मा किनबेच भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित :२०८२ आश्विन २६, आईतवार ११:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%