सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन प्रणाली सुरु

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।
Advertisement 1
सेवा लिनेलाई सहज बनाउन तीनवटा ठाउँबाट दिने सेवा एकै ठाउँबाट सेवाग्राहीलाई लिने व्यवस्था मिलाएको प्रजिअ रानाले बताए । सेवाग्राहीको सहजताका लागि सहायता कक्ष राखेको छ । सहायता कक्षबाट प्रशासनमा पुगेका सेवाग्राहीको आवश्यक कागजपत्र र प्रक्रिया पुगे नपुगेको परिक्षण गरेपछि टोकन दिने नियम रहेको प्रशासनले जनाएको छ ।
दशैँ तिहारको अवसरमा पढाइ र रोजगारको लागि काठमाडौँ, पोखरा र प्रवासमा रहेका युवायुवती जिल्लामा फर्किएपछि बिदाको समयमा नागरिकता, पासपोर्ट र प्रतिलिपि बनाउन प्रशासनमा सेवाग्राहीको भिड छ ।