सार्वजनिक स्थलमा तास खेल्ने एसपी हेडक्वार्टर तानिए,सिडियोलाई के हुन्छ ?

सार्वजिनक स्थलमा जुवा तास खेल्ने प्रहरी प्रमुखको सरुवा भएको छ। प्रहरी प्रधान कार्यलयका अनुसार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी उपरक्षिक (एसपी) सन्तोष सिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो । ।

Advertisement 1

कानुन कार्यान्वयन गर्ने तहमा बसेका जिम्मेवार व्यक्तिले नै कानुन उल्लंघन गरेको भन्दै उनलाई तानेको छ भने सोहि घटनामा संलग्न रहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र र सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठलाई भने कुनै कारवाहि भएको छैन् । दसैँ तिहारको अवसरमा कानुन कार्यान्वयन गर्ने तहका जिम्मेवार व्यक्तिहरूले कानुन उल्लंघन गर्दासमेत सम्बन्धित सरोकारवाला भने सिडियो र सशस्त्र प्रहरीका एसपी श्रेष्ठलाई काँखी च्यापेको छ ।

जुवातास खेल्नु कानुनविपरीतको काम हो । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि बढीमा ९ महिना कैदको व्यवस्था गरेको छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ ।

प्रकाशित :२०७८ कार्तिक ७, आईतवार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry