महामारीकोे पीडाः केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आउएको उनलाई महामारीले निकै पिरल्यो । एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन गर्दै आउएको उनीले कोरोनाको दोस्रो लहरसम्म किस्ता तिर्नै नसक्ने अवस्था आएपछि यातायात क्षेत्रबाटै पलायन भए । उनले निकै घाटामा आफ्ना सवारीसाधन बिक्री गरेर ऋण घटाएका छन् ।

Advertisement 1

महामारीले गर्दा आठ वर्षदेखि निरन्तर चल्दै आएको यातायात व्यवसायबाट पलाउन हुन पुगेको उनले नमिठो अनुभव सुनाए। “कोरोना महामारीका कारण यातायात क्षेत्र ठप्प भयो, बैंकको किस्ता तिर्न कठिनाइ भयो, त्यसैले बस र माइक्रोबस दुवै बेचेर बसेको छु”, उनले भने, “लामो समयदेखि जमेको व्यवसाय एक्कासी घाटामा जाने अवस्थामा पुग्नु भनेको निकै जटिल विषय हो, अब केही समय व्यवसाय गर्दिनँ, पछि केही सोचौँला ।”

पर्वतको कुश्मा बजारमा घर भई धवलागिरिबाट देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्दै आउनुभएका तुलक अधिकारीले महामारीमा आफ्ना दुई स्कारपियो गाडी गुमाए । महामारीका कारण सवारी चलाउन नसकेपछि ती गाडी बेचेर बसको किस्ता तिरेको नमिठो अनुभव उनीसँग छ । अहिले बागलुङ, कुश्मा र म्याग्दीबाट अधिकारीका छ ठूला बस विभिन्न स्थानमा सञ्चालन हुँदै आएका छन् । उनले दसैँ, तिहार सुरु भएपछि सवारी खर्च र चालकको तलब तिर्न सक्ने भएको बताए ।

Advertisement 2

 

प्रकाशित :२०७८ कार्तिक ७, आईतवार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry