प्रहरीमा अब कसैले कसैलाई “तँ” भन्न नपाइने

अब प्रहरीका हाकिमका बोली फेरिने भएको छ । यस अघि आफूभन्दा जुनियर र कनिष्टहरुलाई निम्न आदरार्थी शब्द प्रयोग गर्दै आएका प्रहरीका तिनै संगठनका हाकिमहरुले अब आइन्दा आफूभन्दा कनिष्ठ वा समकक्षीहरुलाई समेत आदरार्थी शब्द तपाईं प्रयोग गर्नुपर्ने निर्देशन दिइएको छ ।
Advertisement 1
एक कार्यक्रमका बीच गृहमन्त्री बालकृष्ण खाणले तीनवटै प्रहरी संगठनका हाकिमहरुलाई संगठनको छवि उचो बनाउनका लागि साथैं सम्मानसहितको सेवा सञ्चालन गर्न संगठनभित्र एकले अर्कालाई सम्मानको शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नु पर्ने भएको छ ।
यस अघि मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका प्रहरी संगठनले अब बोलीचालीको भाषामा सम्मानसहितको सेवा सञ्चालन गर्नु पर्ने भएको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।मन्त्री खाणले तीनवटै सुरक्षा संगठनका प्रमुखहरुलाई राखेर यस्ताृ निर्देशन दिएका हुन् ।
Advertisement 2
नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । उनले भने, ‘मन्त्री ज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ, अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’