हाकिम साबलाई कार्यालय प्रवेशमा रोक
दुग्ध विकास संस्थानका कर्मचारीहरु आन्दोलित भएका छन् । दशैं सकिए लगतै कार्यालय खुलेकै भोलीपल्ट त्यहाँका कर्मचारीहरुले नेपाल दुग्ध विकास संस्थानका महाप्रवन्धक रुद्रप्रसाद पौडेललाई कार्यालय प्रवेशमा रोक लगाइएको हो । विभिन्न २० बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीको माग सम्बोधन गर्न अनिच्छा देखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले महाप्रवन्धक पौडेल र निमित्त उप महाप्रवन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा बन्देज लगाइएको हो ।
संस्थानको कर्मचारी संघ केन्द्रीय समितिले विभिन्न २० बुँदे माग राखी आन्दोलन गरिरहेको छ । लामो समयसम्म आफ्ना माग पूरा नगरेको भन्दै संघमा आवद्ध आक्रोशित कर्मचारीहरुले महाप्रवन्धक पौडेलको बाटो छेकेका हुन् ।
Advertisement 1
संघका केन्द्रीय समिति संयोजक ज्ञानराज राईको नेतृत्वमा करिब पाँच दर्जन कर्मचारीले माग पूरा नभएसम्म कार्यालय प्रवेश गर्न नदिने भनेका छन् ।