चर्चित मुख्यसचिव लीलामणि बने माओवादी नेता

पूृर्व राजदूत लिलामणि पौडेल नेकपा माओवादी केन्द्रमा खुलेका छन् ।पूर्व मुख्य सचिव समेत रहिसकेका उनी माओवादीको विदेश मामिला विभागमा सदस्य बनेका हुन् ।
राम कार्की प्रमुख रहेको उक्त विभागमा पौडेललाई मनोनयन गरिएको हो ।माओवादीले ३१ सदस्यीय विदेश मामिला विभाग गठन गर्दा उनको नाम समावेश छ ।

Advertisement 1

चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलले माओवादीको राम्रा कुराको प्रचार गरेको तर सदस्यता नलिएको बताएका छन् । पौडेलले जिल्लामा हुने गरेका माओवादीका कार्यक्रममा उपस्थित भएको स्वीकार गर्दै नेकपा माओवादी केन्द्र प्रवेश भने नगरेको बताइरहेको बेला उनको नाम विदेश विभागमा छनोट भएको हो । तर अहिलेसम्म पौडेलले उक्त पद औपचारिक रुपमा स्वीकार गरि सकेका छैनन् ।

पौडेल केहि समयदेखि गृहजिल्ला गुल्मीका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनमा व्यस्त छन् । पूर्व राजदूतहरुलाई समेटेर गठन गरिएको विदेश विभागमा अस्ट्रेलियाबाट फिर्ता बोलाइएकी लक्की शेर्पालाईसमेत राखिएको छ । शेर्पा कुनै समय नेकपा एमालेका तर्फबाट सँविधान सभा सदस्य थिइन् ।

Advertisement 2

चीनमा राजदूत रहिसकेका डाक्टर महेश मास्के पनि माओवादीको विदेश विभागमा परेका छन् । उक्त विभागमा डेनमार्कको ४ बर्षे कार्यकाल सकेर भर्खरै फर्केका युवनाथ लम्साल पनि रहेका छन् ।पूर्व मुख्यसचिव पौडेल पनि महेन्द्रबहादुर पाण्डे चीनकालागि राजदूत तोकिनुअगाडि त्यहीँ राजदूत थिए ।

पौडेल मुख्य सचिव हुँदा बागमती सफाइ महाअभियान सुरुवात गरेका थिए साथैं सेवाग्राही मैत्री नीति बनाउन, विकृति र बेथिति घटाउन, हेलो सरकारलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित :२०७८ आश्विन २१, बिहीबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry