दसैंकै मुखमा काठमाडौं प्रशासनको उर्दी :- भिडभाड, जात्रा, महोत्सव गरे कारवाही गरिने
दशैं तिहारजस्ता पर्वको मुखमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक भिभाड,मेला तथा महोत्सवमा रोक लगाएको छ । बिहिबार राती १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले भिडभाड, मेला र महोत्सवमा रोक लगाएको हो ।
Advertisement 1
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।
अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।
Advertisement 2
प्रकाशित :२०७८ आश्विन १४, बिहीबार १३:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%