एक बर्षको स्वमूल्यांकनमा उत्तरगया :- भौतिक प्रगति निराशाजनक,न्यायीक कार्यसम्पादनमा अब्बल

 

Advertisement 1

उत्तरगया गाउँपालिका रसुवाले आर्थिक वर्ष २०७९/ ०८० मा ‘संस्थागत स्वमूल्यांकन’ मा आफैंलाई ७० अंक दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार उक्त मूल्यांकन गरेको पालिकाले जनाएको छ ।

Advertisement 2

पालिकाले समग्र स्थितिमा ७१ दशमलव ४३, प्रक्रियागत स्थितिमा ६१ दशमलव १२ र परिमाणात्मक स्थितिमा ७० प्रतिशत अंक भार राखेको छ। यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ।

स्वमूल्यांकनका क्षेत्रहरु अन्तरगत शासकीय प्रवन्धमा ८८ दशमलव ८९,संगठन तथा प्रशासनतर्फ ८१ दशमलव २५,बार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ६८ दशमलव १८ स्कोर दिएको पालिकाले स्वमूल्यांकनमा वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ५६ दशमलव ५५,सेवा प्रवाह ७८ दशमलव १३ स्कोर दिएको छ ।

Advertisement 3

पालिकाको स्वमूल्यांकनमा न्यायीक कार्यसम्पादनमा अब्बल देखिएको छ । पालिकाले न्यायीक कार्यसम्पादनमा शत प्रतिशत अंक दिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ सबैभन्दा कमजोर देखिएको पालिकाकै स्वमूल्यांकनमा देखिन्छ । ३६ दशमलव ३४ प्रतिशत भौतिक प्रगति गरेको पालिकाले एक बर्षमा सामाजिक समावेशीकरणतर्फ ८०,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ६६ दशमलव ६७ प्रतिशत र सहकार्य र समन्वयतर्फ ६२ दशमलव ५ अंक दिएको छ ।

प्रकाशित :२०८० माघ २, मंगलवार १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry