८५ सहसचिवको सरूवा :- संघका ३० जना प्रदेशमा खटाइँदा प्रदेशका ५५ जना संघमा तानिए

देउवा सरकारले एकै पटक ठूलो संख्यामा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । महिनौ दिन अघि देखि प्रक्रिया प्रारम्भ भए पनि केही बेर अघि सह सचिवहरुको सरुवा टुंगिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव बसन्त अधिकारीले इकर्मचारीलाई जानकारी दिएका छन् ।
अधिकारीले दिएको जानकारी अनुसार,प्रशासन सेवाको ५४,कृषि सेवाको १३,इञ्जिनियरिङ सेवाबाट ९,वन सेवाबाट ५ र शिक्षा सेवाबाट ४ जना सहसचिव गरी ८५ जना सह सचिवको सरुवाको टुंगो लागेको छ । सरुवा भएका सहसचिवमध्ये अधिकांश संघमा कार्यरत सहसचिव प्रदेशमा पुगेका छन् भने प्रदेशमा कार्यरत सहसचिवलाई संघमा तानिएको छ ।
वाग्मती प्रदेशका वन मन्त्रालयका सचिव महेश्वर ढकाललाई संघीय वन मन्त्रालयमा, त्यसैगरी सुदूर पश्चिमको उद्योग मन्त्रालयका सचिव यज्ञनाथ दाहाल वन मन्त्रालयमा, सुदूर पश्चिमको आन्तरिक मन्त्रालयमा सचिव चुडामणि पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, प्रदेश नम्बरको भूमि व्यवस्था मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे कृषि मन्त्रालयमा, प्रदेश नम्बर २ को भूमि व्यवस्था मन्त्रालयकी सचिव सम्झनाकुमार काफ्ले कृषि मन्त्रालयमा, वाग्मती प्रदेश भूमि सुधार मन्त्रालयकी सचिव मतिना वैद्य कृषि मन्त्रालयमा सरुवा भएका छन् ।

Advertisement 1

त्यसैगरी गण्डकी प्रदेश भूमि व्यवस्था मन्त्रालयकी सचिव सवनम शिवाकोटी अर्याल कृषि मन्त्रालयमा, लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल कृषि मन्त्रालयमा, कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र कृषि मन्त्रालय सरुवा गरिएको छ । त्यसैगरी सुदूर पश्चिम कृषि मन्त्रालयका सचिव किसनलाल भट्ट कृषि मन्त्रालयमा सरुवा गरिएको छ ।
सूची अनुसार,वन सेवाका ५ सहसचिव सरुवा हुँदा ३ जना संघमा र २ जना प्रदेशमा खटाइएका छन् ।
यस्तै शिक्षा समुहबाट ४ जना सहसचिवको सरुवा हुँदा ३ जना प्रदेशमा पठाइएका छन् भने एक जना संघमा तानिएको छ ।
कृषि सेवाबाट १३ जना सहसचिवको सरुवा हुँदा ७ जना संघमा र ६ जना प्रदेशमा खटाइएका छन् ।
इञ्जिनियरिङ सेवाबाट ९ सहसचिवको सरुवा हुँदा ४ संघमा र ५ जना प्रदेशमा खटाइएको छ । सबैभन्दा बढी प्रशासन सेवाबाट ५४ जना सहसचिवको सरुवा गरिँदा ४० जना संघमा तानिएका छन भने १४ जना मात्र प्रदेशमा खटाइएका छन् । कुल ८५ सहसचिवको सरुवा हुँदा ५५ जना संघमा तानिएका भने ३० जना प्रदेशमा पठाइएको छ ।

कर्मचारी-सुरुवा

Advertisement 2

 

प्रकाशित :२०७८ भाद्र २९, मंगलवार १९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry