सर्वोच्च निकाय प्रधानमन्त्री कार्यालयमै बेरुजु

कार्यपालिकाको सर्वोच्च निकाय हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तर, त्यहि कार्यालयमा पनि बेरुजु देखिएको छ । ससाना कार्यालयमा बेरुजु भनेर ठूलाठूला समाचारहरू आइरहँदा प्रधानमन्त्री नेतृत्वको देशको शक्तिशाली निकायमै बेरुजु देखिएको हो ।
महालेखा परीक्षकको ५८औं प्रतिवेदनमा उच्च पदस्थ मातहतको कार्यालयमै बेरुजु देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समग्र १ अर्ब ४६ करोड रुपैयाँ बेरुजु रहेकोमा प्रधानमन्त्री कार्यालयको मात्रै भने ३३ लाख रुपैयाँ बेरुजु छ । प्रम तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ११ वटा कार्यालय÷निकायहरू रहेकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नीति अनुसन्धान प्रतिष्ठान, सम्पत्ति शुद्धिकरण विभाग गरी चारवटाको शून्य बेरुजु देखिन्छ ।

प्रकाशित :२०७८ भाद्र १५, मंगलवार ०८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry