/* google adsense */

रुबी भ्याली गाउँपालिकाका कर्मचारीमाथि कुटपिट

धादिङको रुबी भ्याली गाउँपालिकामा कार्यरत कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका छन् ।

रुबी भ्याली गाउँपालिकाका कर्मचारी राजबहादुर तामाङले कार्यालयमा काम गरिरहेको अवस्थामा आफूमाथि वडा नं २ का बासिन्दा च्याङबा भनी चिनिने राकेश तामाङ र वडा नं ३ का बोला तामाङले कुटपिट भएको भन्दै कर्मचारीहरुले दोषीमाथि छानविन गरी तत्काल कारवाहीको माग गरेका छन् ।

राजबहादुरका अनुसार केही कर्मचारीहरु कोभिड संक्रमणका कारण घरमै रहेकाले सिमित कर्मचारीबाट केही दिनदेखि कार्यालयको कामकाज हुँदैआएको थियो । त्यस्तैमा अचानक कार्यालयमा आएर निज दुई व्यक्तिले कुटपिट गरेको भन्दै पीडितले उजुरी दिएका छन् ।

उनीहरुको यस्तो गतिविधिले अरु कर्मचारीहरुमा पनि डर उत्पन्न भइ काम गर्ने वातावरण नभएको गुनासो कर्मचारीहरुले गरेका छन् । कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै कार्यालयमा छिरेर कुटपिट गर्ने समूहलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । साथै निजहरुलाई कानूनी दायरामा ल्याइ यस्ता घटना फेरि नदोहोर्‍याउन पनि उनीहरुको माग छ ।

पीडित कर्मचारीहरुका अनुसार असार २९ गते मंगलबार बिहान ११ बजे कार्यालयमै छिरेर कर्मचारीमाथि कुटपिट गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १५:१८

प्रतिक्रिया दिनुहोस्