जागिर लगाइदिने बाहानामा बलात्कार
पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
Advertisement 1
१५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् ।उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाका अभिभावकको दावी छ । पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
प्रकाशित :२०७८ असार ३१, बिहीबार ०८:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%