हत्या गरिएका वनपालेको टाउको फेला

सर्लाही। सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ। ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो। आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट १ सय मिटरको दूरीमा फेला परेको हो। महतोको हत्याको अनुसन्धानमा २ वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विषेश अनुसन्धान टोली पुगेको थियो।
प्रहरीले हत्याको आशङ्कामा १ जनालाई पक्राउ गरेको जनाएको छ। यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन।
Advertisement 2
शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लागेका थिए। उनी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए।
महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ














