/* google adsense */

सर्वोच्चको आदेशपछि लोक सेवाले रद्द गर्‍यो वाणिज्य बैंकको लिखित परीक्षा

 

लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्ध गरेको छ । कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य भएको भन्दै राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल काठमाडौंका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा रिट दायर गरेको थिए । सो रिटको सुनुवाई गर्दै सर्बाेच्च अदालतले गत मंसिर तेश्रो साता कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको व्यहोराको आदेश दिएको थियो ।

सोही आदेशको कार्यान्वयन गर्दै लोकसेवा आयोगले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको जनाइएको छ ।
लोकसेवा आयोगको यही २१ असारमा बसेको बैठकले बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको जनाइएको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०७:४४

प्रतिक्रिया दिनुहोस्