/* google adsense */

अवकाशको महिना दिन अगावै यी २ सचिवलाई राजनीतिक नियुक्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले राजीनामा दिएका छन् । सोमबार राजीनामा दिएका उनले मंगलबारै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को अध्यक्षमा नियुक्ति पाएका छन् । सचिव बराल यसअघि सिसिएमसीको प्रमुखको रुपमा समेत काम गरेका थिए । उनको राजीनामासँगै प्रशासनतर्फ सचिवको ६ दरबन्दी रिक्त भएका छन् ।
उता उसैगरी अवकाश पूर्व अर्काे सचिवले पनि राजीतिक नियुक्ति भेटिसकेका छन् । उनी हुन् राजश्व सचिव रामशरण पुडासैनी । उनी ५८ बर्षे उमेर हद लागेर अर्काे महिना साउन २४ मा अवकाश पाउदैछन् । अर्थ मन्त्रालयको राजस्व सचिवबाट घर जाने रामशरण पुडासैनीले अवकास पाउनुअघि नै राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा नियुक्ति भेटेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार ‘मलाई गाडी चढ्न, अफिसतिर निस्कन सुविधा दिनुप¥यो । कतै संवैधानिक नियुक्ति पनि भएन’ भनेर दुःख पोखेपछि बाणिज्य बैंक सदस्यको नियुक्ति दिइएको थियो । र, त्यहाँको बोर्ड बैठकले उनलाई अध्यक्ष तोकेको छ । ईश्वर पोख्रेलका सम्धी डा. उपेन्द्र कोइराला नियुक्तिअघि नै विवादमा परेपछि अध्यक्ष तोकिएका धनिराम शर्मा त्यहाँबाट बिदा भएका छन् ।
उसैगरी यस अघि माधव बेल्वासेले सचिव पदबाट अवकाश पाउनु महिना दिन अगावै लोकसेवा आयोगको आयुक्तमा नियुक्ति पाएका थिए । दुई बर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै डा हरि पौडेललाई सर्वाेच्च अदालतको आयुक्तमा नियुक्ति दिइएको थियो । उसैगरी आनन्द ढकालहरुले अवकाश अगावै राजनीतिक नियुक्ति भेटेका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार ०७:१०

प्रतिक्रिया दिनुहोस्