यस्तो छ है ब्युटिफुल माइन्डको योजना
चितवन मानसिक तथा दुर्व्यसनी रोगीहरुको उपचारमा विभिन्न सरकारी गैरसरकारी निकायहरुसित हातेमालो गर्दै अगाडि बढ्न प्रयासरत ब्युटिफुल माइन्ड इन्ष्टिच्युट अफ साइकियाटिले लायन्स क्लबसँगको सहकार्यमा तत्काल केही जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । लायन्स क्लब चितवन ब्युटिफुल माइन्डको गत आइतबार बैठक बसेको थियो ।
Advertisement 1
ब्युटिफुल माइन्डका अध्यक्ष डा. गिरीराज भन्तानाको अध्यक्षतामा बसेको बैठकले यथाशिघ समुदायमा पुगेर मानसिक रोग सम्बन्धी मनोपरामर्श सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागितामा मानसिक रोग तथा लागुपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतना अभिवृद्धि गर्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको संस्थाका एमडी कृष्णबन्धु अधिकारीले जानकारी दिनुभयो । यसअघि ब्युटिफुल माइन्ड इन्ष्टिच्युट अफ साइक्र्याटिक अन्तर्गत सञ्चालित रिहाबिलिटेशन सेन्टरको सेवा शुल्कमा आवश्यकता अनुसार सेवाग्राहीलाई १० प्रतिशत सम्म छुट दिने गरिएको थियो । आइतबारको उक्त बैठकबाट २० प्रतिशत सम्म छुट दिने निर्णय पनि भएको एमडी अधिकारी बताउनुहुन्छ ।
ब्युटिफुल माइन्ड रिहाबिलिटेशन सेन्टर खैरहनी ११, कठार, गैंडाहामा विगत तीन वर्षदेखि सञ्चालित छ । व्यक्तिको घर जग्गा नै बेचेर लगानी गरिएको प्राइभेट कम्पनी हो यो । तर सम्पूर्ण सरकारी गैरसरकारी निकायहरुबाट पूरा सहयोग जुट्ने हो भने सबै बिरामीको निःशुल्क उपचार गर्न सकिने अध्यक्ष डा. भन्ताना बताउनुहुन्छ । त्यसका लागि आफूहरुले आवश्यक पहल पनि गरिरहेको उहाँको भनाइ छ ।
अजय गोर्खाली