भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

बागमती। गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ।

Advertisement 1

भोटेकोशी बाढीको ४५ दिन पुगेको सन्दर्भमा ज्यान गुमाएकाको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ४० जना गुरु पुरोहितद्वारा पाठपारायण गराइएको त्रिवेणीधाम संरक्षण समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए।

त्यस अवसरमा अकल्पनीय रुपमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा उनीहरुको आत्मा शान्तिको कामनासहित मौन धारणा पनि गरियोे। रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी कुष्माण्डमा सत्य युगमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वासका कारण त्यहाँको बेग्लै महिमा छ।

प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम