नेपाल एसबिआई बैंकद्वारा वृद्धाश्रमलाई सहयोग, इटहरी र इलाम शाखा स्थानान्तरण

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेको छ।

Advertisement 1

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले वृद्धाश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु¥याउने उद्देश्यले बैंकले आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशीसहित बैंक तथा वृद्धाश्रमका पदाधिकारीहरूको उपस्थिति थियो।

Advertisement 2

बैंकले समुदायस्तरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यसैबीच, बैंकले सुनसरीको इटहरी र इलामस्थित आफ्ना शाखा कार्यालयहरू पनि नयाँ परिसरमा स्थानान्तरण गरेको छ।

Advertisement 3

इटहरी उपमहानगरपालिका–१, धरान रोडमा रहेको इटहरी शाखा वडा नं. ९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। त्यस्तै, इलाम नगरपालिका–१, इलाम बजारमा रहेको इलाम शाखा वडा नं. ७ स्थित इलाम बजारमै स्थानान्तरण गरिएको छ।

दुवै शाखाले नयाँ परिसरबाट सेवा सुरु गरेका छन्। नयाँ भवन परिसरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले गरेका हुन्।

नयाँ तथा सुविधासम्पन्न परिसरबाट ग्राहकलाई थप सहज र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ।

प्रकाशित :२०८३ आश्विन २२, बिहीबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम