कोरियाको भाषा र सिप परीक्षाबाट ५ हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट ५ हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका ६ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन्। जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ।
Advertisement 1
सो शाखाका अनुसार उत्पादनतर्फ पहिलो चरणको परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएका थिए। यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सय हो। सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए।
शाखाका अनुसार भाषा र सिप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरेको छ। स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुव्रmराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको इपिएस शाखाले जनाएको छ।
Advertisement 2
पहिलो चरणको सिप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ। गएको फागुुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको एचआरडीले वैशाख ९ गतेदेखि १५ सम्म सिप परीक्षा सञ्चालन गरिएको थियो।
इपिएस शाखाले कोरियन भाषा र सिप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रव्रिmयामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ।
Advertisement 3
कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार सिप परीक्षाको नतिजा प्रकाशित गरिएको हो। परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ। तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने सो शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए। उनले भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार छनोट गरेर पठाउने योजना रहेको बताए। हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ।