काठमाडौंमा ‘कार पुलिङ’ कार्यक्रम: कर्मचारीले आफ्नो क्षेत्रका साथीलाई अफिस ल्याउने, लाने !

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराएको सवारी साधन आलोपालो चलाउन प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। कार्याबाहक नगर प्रमुख सुनिता डंगोलले इन्धन कटौतीपछि देखिएको समस्या समाधानका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिइन्। इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको डंगोलको भनाइ छ।

Advertisement 1

‘विश्वभर इन्धनको अभाव छ। यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ,’ उनले भनिन्, ‘यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन। यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौं।’

महानगरपालिकाले ४८ औं कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ। ‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ।

Advertisement 2

यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारी (कर्मचारी) लाई पनि कार्यालय ल्याउने÷लाने गर्नुपर्छ। यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्ने महानगरपालिकाको विश्वास छ।

 

Advertisement 3

 

प्रकाशित :२०८२ चैत्र २९, आईतवार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry