सार्वजनिक यातायातको भाडादर ८ प्रतिशतले वृद्धि, अब कहाँ जान कति ? (सूचीसहित)

यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै विभागले यातायताको भाडादर बढाएको हो । नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ तथा डिजेलरमट्टीतेलमा २७ रुपैयाँ बढाएको थियो । वृद्धि भएसँगै पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशतले बढेको छ । पछिल्लो मूल्य समायोजनको आधारमा यो १६ दशमलव ३६ प्रतिशतले बृद्धि भएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।
सो अनुसार सार्वजनिक यातायातको भाडादर ७ दशमवल ७ प्रतिशतले वृद्धि भएको छ । विभागको निर्णयअनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ५ दशमलव ३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६ दशमलव ९४ तथा तराईमा चल्ने मालवाहक सवारीसाधनमा ७ दशमलव ७ प्रतिशत भाडा बढेको छ ।

Advertisement 1

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहने विभागले जनाएको छ ।

2079.03.06अन्तरप्रदेशभाडादर2022-06-20_12-28-38-219
प्रकाशित :२०७९ असार ६, सोमबार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry