काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

Advertisement 1

महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन्। छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो।

उक्त छात्रवृत्ति महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३÷०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ।

Advertisement 2

नतिजा अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल÷इमेलमा प्राप्त) राखी हेर्न सकिने व्यवस्था मिलाइएको छ।

महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा भएकाले नतिजामा चित्त नबुझे जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने जानकारी दिए। उनका अनुसार परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने १ जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन्। यस्तै, दोस्रो उच्चतम प्राप्त गर्ने १ जना विद्यार्थीले ९१ अङ्क र तेस्रोमा ५ जना विद्यार्थीले ९० अङ्क पाएका छन्।

Advertisement 3

प्रकाशित नतिजामा चित्त नबुझेमा १ हजार रुपैयाँ राजस्व दाखिला गरेर प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिने महानगरले जनाएको छ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि महानगरले गत जेठ ३ गते सूचना प्रकाशन गरेको थियो। छात्रवृत्तिका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका महानगरले जनाएको छ।

प्रकाशित :२०८३ जेष्ठ १८, सोमबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry