२६ वर्षे निजामती सेवाबाट सचिव रविलाल पन्थले लिए अवकाश

काठमाडौं। नेपाल सरकारका सचिव रविलाल पन्थ २६ वर्ष ३ महिना १८ दिनको निजामती सेवा पूरा गरी अनिवार्य अवकाशमा गएका छन्।

Advertisement 1

२०५७ असार १ गते निजामती सेवामा प्रवेश गरेका पन्थले असोज १८ गतेदेखि अनिवार्य अवकाश लिएका हुन्। शाखा अधिकृतबाट निजामती सेवाको यात्रा सुरु गरेका उनले सचिवसम्मको जिम्मेवारी सम्हाल्दा संघीय सरकार, संवैधानिक निकाय, प्रदेश सरकार तथा जिल्ला प्रशासनका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।

पन्थको २६ वर्षभन्दा लामो निजामती सेवायात्रामा काठमाडौँ उपत्यकाभित्र १२ वर्ष ९ महिना र उपत्यकाबाहिर १३ वर्ष ६ महिना बितेको छ।

Advertisement 2

श्रेणीगत रूपमा हेर्दा उनले शाखा अधिकृतका रूपमा ६ वर्ष २ महिना २१ दिन, उपसचिवका रूपमा ६ वर्ष ६ महिना १ दिन, सहसचिवका रूपमा ८ वर्ष ७ महिना २४ दिन र सचिवका रूपमा ५ वर्ष सेवा गरेका छन्।

सेवाकालमा पन्थले नियुक्ति लिई हाजिर गरेका कार्यालयको संख्या २५ रहेको छ। यसमा अतिरिक्तमा रहेको अवधिसमेत समावेश छ। त्यस्तै, पदस्थापना भई काम गरेका कार्यालय ११ वटा, कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका कार्यालय १५ वटा र पदस्थापना भएका कार्यालय रहेका जिल्ला ११ वटा रहेका छन्।

Advertisement 3

उनको सेवायात्रामा सबैभन्दा लामो समय लोक सेवा आयोगमा बितेको छ। पन्थले लोक सेवा आयोगमा ४ वर्ष ८ दिन सेवा गरेका थिए। त्यसैगरी, सबैभन्दा कम अवधि कोशी प्रदेशमा ४७ दिन काम गरेका छन्।

पन्थले सेवा गरेका केन्द्रीय निकायमध्ये संघीय मन्त्रालय वा मातहतका ४, संघीय आयोग वा मातहतका ४ तथा प्रदेश सरकार मातहतका ३ निकाय रहेका छन्।

शाखा अधिकृतदेखि सचिवसम्मको यात्रामा विभिन्न तह, निकाय र भौगोलिक क्षेत्रमा जिम्मेवारी सम्हाल्दै आएका पन्थले २६ वर्ष ३ महिना १८ दिनको निजामती सेवापछि अवकाश लिएका हुन्।

प्रकाशित :२०८३ आश्विन २१, बुधबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम