स्वास्थ्य सामग्री खरिद अनियमितता छानविन गर्ने जिम्मा अख्तियारलाई

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततालाई छानविन गरी कारवाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । स्वास्थ्य सामग्री खरिद प्रकरणको अध्ययन थालेर करिब ६ महिनासम्म त्यसैमा अल्मलिएको समितिले अन्ततः शुक्रबार थप छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । समितिको निर्णयसँगै अब संसद्मा स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरणबारे छलफल गर्ने बाटो टुंगिएको छ ।

Advertisement 1

सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र भन्दै महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको ठहर समितिले गरेको छ । यसरी खरिद गरिएका सामान गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्था भएकोले यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष समितिले निकालिएको हो ।

समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा गरिएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै दोषीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको हो । खरिद प्रक्रियामा कसकसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरी कानुनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय आज भएको हो ।

Advertisement 2

समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो । छलफलमा मन्त्री ढकालले खरिद प्रकरणमा कुनै पनि अनियमितता नभएको दावी गरेका थिए । यद्यपि समितिका सदस्यहरूले स्वास्थ्य सामग्री अनियमितताको विषयलाई त्यतिकै टुंगाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरकफरक मत राखेका थिए ।

समितिका सदस्यहरू मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखि पठाउने निर्णय गर्नुपर्ने पक्षमा थिए भने सांसद प्रेम आलेले यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नुको औचित्य नभएको धारणा राखेका थिए ।

Advertisement 3

अख्तियारलाई सजिलो
यसअघि पनि लेखा समितिले दिएका दर्जनौं निर्देशनहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालना नगरेका उदाहरण छन् । वाइडबडी खरिद प्रकरणदेखि एन्फा अनियमिततामा गणेश थापामाथि कारबाहीका लागि लेखा समितिले गरेको छानबिन अख्तियारले अलपत्र पारिदिएको थियो ।पूर्व मन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण समेत अख्तियारकै घर्रामा थन्किरहेको अवस्था छ ।

प्रकाशित :२०७७ पुष ४, शनिबार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry