कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिका ६ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
Advertisement 1
महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको तालिकाअनुसार मङ्गलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा उनीहरूको उम्मेदवारी परेको हो।
समितिका अनुसार यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहिसक्नुभएका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका छन्।
Advertisement 2
यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला), समिरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागततर्फ) र कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि)मा उम्मेदवारी दिएका हन्।
अधिकारी यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थिए। उनीहरू सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग समेत सम्बद्ध छन्। राणा युनियनको केन्द्रीय सल्लाहकार हुन् भने शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुन्।
Advertisement 3
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो भने नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७ः३० देखि साँझ ५ः०० बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ।








