धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते

धरान उपमहानगरपालिका–१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएका तीन वटा बस दुर्घटनामा परेका छन्।

Advertisement 1

नवलपुरबाट विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अन्य २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।  स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर आएका बस दुर्घटनामा परेका हुन्। ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो।

स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा ठोक्किएपछि  सामान्य क्षति भएको छ। दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

प्रकाशित :२०८० कार्तिक २४, शुक्रबार १८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry