माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन खुला, आयोगले माग्यो अनलाइन दरखास्त

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। आयोगले कात्तिक ३० गते विज्ञापन प्रकाशित गर्दै आवश्यक न्यूनतम शैक्षिक योग्यता र तालिम पूरा गरेका इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो।
Advertisement 1
आयोगका अनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन्। आवेदनका क्रममा उम्मेदवारले व्यक्तिगत विवरण भर्नुका साथै आयोगले निर्धारण गरेका आवश्यक कागजातसमेत अपलोड गर्नुपर्नेछ।
आयोगले दरखास्त पेस गर्दा विशेष सावधानी अपनाउन उम्मेदवारलाई आग्रह गरेको छ। दस्तुर बुझाइसकेपछि पेस गरिएका विवरण तथा कागजात सच्याउन, थप्न वा हटाउन नमिल्ने भएकाले आवेदन बुझाउनुअघि सबै विवरण र कागजात राम्ररी रुजु गर्न आयोगले सूचित गरेको छ।
Advertisement 2
त्यस्तै, परीक्षाको नतिजा प्रकाशन हुँदासम्म प्रमाणपत्र रुजु गर्ने क्रममा पेस गरिएका कागजातमा फरक विवरण वा अन्य कैफियत भेटिए सम्बन्धित उम्मेदवारको दरखास्त रद्द गरिने आयोगले स्पष्ट पारेको छ।
आयोगले आवेदन प्रक्रियामा हुने सामान्य त्रुटिका कारण उम्मेदवारी नै रद्द हुन सक्ने भएकाले आवश्यक कागजात र व्यक्तिगत विवरण यकिन गरेर मात्र दरखास्त पेस गर्न आग्रह गरेको छ।
Advertisement 3









