मन्त्री साह र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

काठमडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेट भएको छ।
Advertisement 1
उनीहरुबीच भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
सो अवसरमा मन्त्री साहले भोटेकोशी तथा बूढीगण्डकी बाढीपछि खोज, उद्धार र राहतका क्षेत्रमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति धन्यवाद व्यक्त गरे।
Advertisement 2
त्यस अवसरमा उनीहरुबीच आगामी दिनमा दुई देशबीच व्यापार विस्तार, आर्थिक साझेदारी तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा विचार विमर्श भएको सचिवालयले जनाएको छ।
उनीहरुबीच २ देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावना अघि बढाउने विषयमासमेत छलफल भएको जनाइएको छ।








